नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाए, शङ्कास्पद तीन पक्राउ

तेल तस्करी गरेको भन्दै नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले एक युवकको शरिरमा पेट्रोल छर्किएर आगो लगाएका छन्।
उनीहरुले बुधबार बिहान मोटरसाइकलमा यात्रा गरिरहेका घिराउ यादवलाई मोर्चाका कार्यकर्ताले सनई-९ पडरीमा आगो लगाएको नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले  जानकारी दिए।
जलेर घाइते भएका यादवको पृथ्वीचन्द्र अस्पतालमा उपचार भइरहेको उनले बताए।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार स्थानीय राजेश सैथवार, शिव कुमार यादव र सेरु मिया पक्राउ परेका छन्।
घटनबारे थप अनुसन्धान भइरहेको र उनीहरु कुन पार्टीका कार्यकर्ता हुन भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। सेतोपाटीमा समाचार छ ।