नेपालगन्जको रुपैडिया नाकामा बुधबार पनि तनाव भएको छ । भारतीय भूभागबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएपछि स्थिति तनावपूर्ण भएको हो ।
भारतबाट आएको मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो ।
प्रहरीले पनि प्रदर्शनकारीमाथि ढुंगा हानेर खेदेको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् । स्थिति तनावपूर्ण भएपछि भारतीय सिमा सुरक्षाबल दशगजामा तैनाथ भएपछि प्रदर्शनकारी केही तितरवितर भएका छन् ।
नेपाल-भारत सिमा सुरक्षाबारे दुवै देशका अधिकारीको बैठक सकिएलगत्तै तनाव भएको हो । ईकान्तिपुरमा समाचार छ ।