चुरेभावर पार्टीले सर्लाहीमा मधेसी मार्चाको विरोधसभा बिथोलिदियो, दुई पक्षबीच झडप, हवाई फायर

चुरेभावर पार्टीले सर्लाहीमा मधेसी मार्चाको विरोधसभा बिथोलिदिएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत् सर्लाहीको नवलपुरमा मधेसी मोर्चाले विहीबार विरोधसभा गर्न लागेकोमा चुरेभावरका कार्यकर्ताले बिथोलेपछि दुई पक्षबीच झडपसमेत भएको छ ।
मधेसी मोर्चाले सर्लाहीमा शक्ति प्रदर्शन गर्ने भनेपछि चुरेभावरले पनि अवरोध गर्ने भन्दै सडकमा उत्रिएको हो ।
दुई पक्षबीच झडप भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुका साथ हवाई फायरसमेत गरेको छ । झडप अहिले पनि भइरहेको र दुबैतर्फ केही मानिसहरु घाइते भएको जनाइएको छ ।
विरोधसभामा मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।  इमेजखबरमा समाचार छ ।