भारतसँग सीमा जोडिएका प्रमुख नाकाबाट आयातमा केही सहजता

भारतसँग सीमा जोडिएका प्रमुख नाकाबाट आज भने आयातमा केही सहजता देखिएको छ । पूर्वी नाका काकरभिट्टा र विराटनगरको रानी भन्सारबाट ६४ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।
बिहानसम्म रानी भन्सारबाट पेट्रोल १४ ट्यांकर र डिजेल ३२ ट्यांकर नेपाल आएका हुन् । यस नाकाबाट जम्मा २४४ मालवाहक सवारी नेपाल भित्रिएका छन् ।
झापाको कांकडभिट्टा नाकाबाट डिजेल १० ट्यांकर, पेट्रोल ४ ट्यांकर, हवाइ इन्धन १ ट्यांकर, मट्टितेल २ र मालबाहक गरि जम्मा १५५ वटा सवारी नेपाल भित्रिएका छन् ।
भैरहवाको बेलहिया-सुनौली नाकाबाट भने मालवाहक गाडीसमेत प्रवेश गर्न सकेनन् । भारतीय भन्सारकै कर्मचारीबीच कुरा नमिलेपछि आयात रोकिएको हो ।
नेपालगञ्जको रुपौडिहा नाका पनि ठप्प नै छ । आज मधेसी मोर्चाले बन्दको आह्वान गरेपनि प्रभाव भने देखिएको छैन । मधेसी मोर्चाका कार्यकर्ताले सीमावर्ती क्षेत्रमा धर्ना दिनेक्रम जारी नै राखेका छन् । इमेजखबरमा समाचार छ ।