राजसंस्थाको पुनर्स्थापनाको माग सहित विभिन्न राजावादी संघ/संस्थाले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेका छन् । मधेसी मोर्चाका युवा कार्यकर्ताको अवरोधका बापजुद राजसंस्थाको पक्षमा र नयाँ संविधानको खारेजीको माग राख्दै जुलुसले नगर परिक्रमा गरेको थियो । राजावादीले विहान करिब १० बजे जुलुस निकाल्ने तयारी गरिरहेको बेला मोर्चाले हस्तक्षेप गरी बिथोल्ने प्रयास गरेको थियो । ईकान्तिपुरमा समाचार छ ।
राजावादीले घन्टाघर चोकमा झुन्ड्याएको पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिर अंकित ब्यानर मोर्चाका कार्यकर्ताले च्यातेका थिए । मोर्चाको विरोधबीच पूर्व निर्धारित कार्यक्रम अनुसार ११ बजे विभिन्न नारा लगाउँदै अर्को ब्यानरका साथ जुलुस निकालेका थिए ।