एक्कासि चिसो बढेसँगै मध्यपूर्वी तराईका आठ जिल्लामा बिहानी कक्षामा विद्यालय सन्चालनमा कठिनाइ,

मध्यपूर्वी तराईका आठ जिल्लामा बिहानी कक्षामा विद्यालय सन्चालनमा कठिनाइ भएको छ ।
एक्कासि चिसो बढेसँगै बिहानको समयमा विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेपछि कक्षा सन्चालनमै समस्या भएको हो ।
ठूलो कक्षाका विद्यार्थी जेनतेन विद्यालय आउने भएपनि साना कक्षाका विद्यार्थी मारमा परेका छन् ।
आन्दोलनरत् मधेसी मोर्चाले तराईका जिल्लामा बिहान मात्र विद्यालय सन्चालन गर्न दिने निर्णय गरेपनि जाडो बढेका कारण विद्यार्थीलाई विद्यालय जान र पढ्न समस्या भएको हो ।
बाक्लो हुस्सु र चिसोले विद्यालय जान र पठनपाठन गर्न समस्या भएको विद्यार्थीले बताएका छन् । उनीहरुले जाडोयामभर दिउँसो विद्यालय सन्चालन गर्नसमेत माग गरेका छन् ।
मधेसी मोर्चाको निर्णयअनुसार तराईमा बिहान ६ बजेदेखि विद्यालय सन्चालन भइरहेका छन् । इमेजखबरमा समाचार छ ।