मधेसी मोर्चाका शीर्ष नेताहरु भारत भ्रमणमा

मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार भारत भ्रमणमा गएका छन् । 
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव आइतबार भारतको नयाँ दिल्ली गएका हुन ।
दिल्लीमा मधेस आन्दोलन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने मोर्चाका नेताहरुले वताएका छन् । भारतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग विभिन्न नेपालको पछिल्लो अवस्थबारे अन्तरक्रिया गर्ने छन् । 
मोर्चाले गत बिहीवार सर्लाहीको नवलपुरमा आयोजित शान्तिपूर्ण सभामा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ ।
यस्तै एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग, मानवअधिकारर्मी र कुटनीतिक नियोगका सवारी साधनलाई अवरोध पुर्‍याउने कुनै नीति नरहेको पनि मोर्चाले स्पष्ट पारेको छ । इमेजखबरमा समाचार छ ।