चीनबाट तत्काल इन्धन आपूर्ति कठिनाई

संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चीनबाट तत्काल इन्धन आपूर्ति कठिनाई देखिएको बताएको छ ।
इन्धन आपूर्तिबारे बुझ्न चीन भ्रमणमा गएको नेपाल आयल निगमको प्राविधिक टोलीसँगको छलफलपछि हिमपात तथा सडक आसपासको पहिरोको कारण इन्धन आपूर्तिमा कठिनाइ भएको जनाइएको हो ।
समितिको बैठकमा खाने तेल लगायत उपभोग्य बस्तुहरुको मूल्य बृद्धि, बढ्दो कालाबजारी नियन्त्रण लगायतका बिषयमा छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुले चीनतर्पmका सम्भावित नाकाहरु खुलाउन विभागको ध्यानाकर्षण गराएका थिए ।
समितिका सभापति भीष्मराज आङ्देम्बेले चीनसँग इन्धन आपूर्तिका लागि भएका प्रयासलाई गम्भीरता पूर्वक लिएर कर छुटलगायतका विषय कूटनीति माध्यमबाट हल गर्न र कोदारीलगायतका सबै नाका खोल्नका लागि पहल गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।
उनले खाने तेललगायत उपभोग्य वस्तुमा भएको मूल्य वृद्धिका बारेमा वाणिज्य तथा आपूर्ति विभागलाई प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । इमेजखबरमा समाचार छ ।