वीरगन्ज नरायणी उपक्षेत्रिय अस्पतालमा कर्मचारी भर्नामा विरोध जनाउँदै तोडफोड गरिएको छ।
नयाँ कर्मचारी भर्ना प्रक्रियाको विरोधमा अस्पताल बिकास समितिका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को कार्यकक्षमा स्थानीय युवाहरुले तोडफोड गरेका हुन्। वीरगन्ज नरायणी उपक्षेत्रिय अस्पतालमा नवजात शिशुको लागि सघन उपचारकक्ष ‘एनआइसियु’ संचालनका लागि कर्मचारी भर्ना गर्न लागिएकोमा बिरोध जनाउँदै तोडफोड गरिएको अस्पतालले जनाएको छ।
अस्पतालको एनआइसियु सेवा सुरु गर्न धेरै दिनदेखि आवश्यक ठानिएको कक्ष सञ्चालन गर्न कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाएको बताउँदै अस्पताल विकास समितका अध्यक्ष रामदेव तिवारीले भने, ‘एनआइसियु कक्ष बनेर तयार छ, हामीले बिधिसम्बत कर्मचारी भर्ना प्रक्रिया अगाडी बढाएको हौँ।’
लगभग आधा दर्जन भन्दा बढिको समूहमा आएको युवाहरुले तोडफोड गरेपछि प्रहरीलाइ खबर गरिएको अध्यक्ष तिवारीले बताए।
घट्नामा संलग्नमध्ये ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
वीरगन्ज लक्षुमनवाका इश्वरचन्द्र यादव, पिपराका अनिल गुप्ता र निसान्त मिश्रालाई पक्राउ गरेर सोधपुछ भइरहेको प्रहरी नायव उपरिक्षक होवेन्द्र बोगटीले बताए।
अस्पताल ब्यवस्थापनका अनुसार नारायणी अस्पताल विकास समित कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद पटेलले आफ्ना छोरा रोशन पटेललाई नियुक्ति गराउन भर्ना प्रक्रियाको विरोध जनाउँदै आएका थिए। रोशनकै अगुवाईमा आएका केटाहरुले आक्रमण गरेको अध्यक्ष तिवारीको दाबी रहेको छ। सेतोपाटीमा समाचार छ ।