भारत आउने चारमध्ये तीन मधेसी नेता निर्वाचनमा पराजित : भारतीय संसदमा उठ्यो आवाज

mainphoto

नेपालबारे भारतको संसदको माथिल्लो सदन राज्यसभामा सोमबार भएको बहसमा मणिशंकर अय्यरले गम्भीर प्रश्न उठाए- भारत आउने चार जनामध्ये तीन मधेसी नेता निर्वाचनमा पराजित भएका हुन्। पहिलोपोस्टमा समाचार छ । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्‍भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव अहिले भारत भ्रमणमा छन्। तीमध्ये ठाकुर र महतो संविधानसभाको निर्वाचनमा पराजित भएका हुन्। 
उपेन्द्र यादव दुई निर्वाचन क्षेत्रमा उम्मेदवार भएकोमा मोरङ ५ मा पराजित भई सुनसरी ५ मा विजयी भएका हुन्। महतो सर्लाही ४ बाट र ठाकुर सर्लाही ६ बाट पराजित भएका हुन्। २०७० सालमा भएको संविधानसभा निर्वाचनमा अहिले आन्दोलनरत मधेशी दलको जनमत कति थियो त? हेर्नुस्