गैह्रजिम्मेवारी र हिंसात्मक आन्दोलन गरेको भन्दै राष्ट्रिय मुस्लिम संघर्षद्धारा मधेसी मोर्चाबाट अलग हुने निर्णय
मंसिर २२ गते, २०७२ मा प्रकाशित
मधेसी मोर्चाले गैह्रजिम्मेवारी र हिंसात्मक आन्दोलन गरेको भन्दै मोर्चाको प्रमुुख घटक राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मधेसी मोर्चाबाट अलग हुने निर्णय गरेको छ ।
गठबन्धनले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको भन्दै वार्ता र संवादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
गठबन्धनले मधेसी मोर्चासँग गरेको ८ बुँदे सम्झौताको उल्लंघन भएको भन्दै गठबन्धनले आफ्ना हक, अधिकार सुरक्षित गर्न शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ ।