अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले भ्रष्टाचारको जालोलाई तोड्न ठूलो झट्का, जोड र अदम्य साहसको आवश्यकता रहेको बताएका छन् ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका उपलक्ष्यमा बुधबार आयोगको केन्द्रीय कार्यालय टंगालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- भ्रष्टाचार हल्काफूल्का झट्काबाट अन्त्य हुन सक्दैन, यसका लागि ठूलो झड्का, ठूलै जोड र अदम्य साहसको आवश्यकता पर्दछ ।
मुलुकमा नेपाली जनताले अपेक्षा गरेअनुरुपको अनुसन्धानको कार्य अघि बढिसकेकाले त्यो नरोकिने बताउँदै उनले भने- त्यसका लागि जुनसुकै चुनौती र परिणति सहन र भोग्न परेपनि म तयार छु, विवेक र काममा अडिग छु, दावाका साथ भन्छु, कसैको मानमर्दन गर्ने गलत काम गरेको छैन ।
समाजमा विकृतिजन्य कुरा जन्माउने, आर्थिक विकासको अनुभूति प्राप्त हुन नदिने मुख्य कुरा भ्रष्टाचार, सामाजिक भेदभाव र कुशासन नै हुन् भन्दै प्रमुख आयुक्त कार्कीले राजनीतिक तहमा भएको भ्रष्टाचारको कहिले छानबिन हुन्छ भन्ने पक्षले नै आयोगले राजनीतिक तहमा अनुसन्धानमा प्रवेश गर्न खोज्दा विरोध गरेको बताए । तर, आयोगले त्यसलाई कुनैपनि हालतमा नरोक्ने प्रतिबद्धता उनले जनाए ।
सम्मान र विधिसम्मत ढंगबाट पछिल्लो समय केही व्यक्तिलाई अनुसन्धानको क्रममा बोलाइएको जानकारी दिँदै उनले तीमध्ये कसैलाई पनि छापामारेर अपमान गरेर अनुसन्धानको लागि ल्याइएको होइन- भने ।
भ्रष्टाचारको आयतनलाई व्याख्या गर्न निकै कठिन हुने बताउँदै उनले