इन्धन अभावका कारण तेह्रथुममा सञ्चालित उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।
इन्धन अभावमा आवश्यक कच्चा पदार्थको आयात हुन नसक्दा तथा उत्पादित बस्तुको ढुवानी र बजार व्यवस्थापनमा समस्या सृजना भएपछि उद्योगहरु संकटमा परेका हुन् ।
इन्धन अभावले कच्चा पदार्थ र उत्पादित बस्तु ढुवानी नहुँदा तेह्रथुमको तीनजुरे वाइन उद्योग गएको चार महिनादेखि बन्द छ ।
यस्तै निकै प्रसिद्धि कमाएको तेह्रथुमे ढाका कपडा बुनेर तयार गर्ने उद्योगहरु पनि नाकाबन्दी र त्यसबाट सिर्जिएको इन्धन अभावले बन्द हुन थालेका छन् ।
वर्षकै सबैभन्दा उत्कृष्ट व्यापार हुने चाडपर्वको समयमा नै नाकाबन्दी, इन्धन अभाव र तराई बन्द निरन्तर भएकाले उद्योग घाटामा भएपछि धेरै उद्योगहरु बन्द भएको र ठुला उद्योगहरुले पनि कामदार घटाएको उद्योगीहरु बताउँछन् ।
यहाँका तीन दर्जन बढी चर्चित ढाका कपडा उद्योगहरुमा कार्यरत करिब ५ हजार मजदुर पनि विस्थापित भएका छन् । यहाँ सन्चालित एउटा भेनियर उद्योग र दुई वटा ईटा उद्योगहरु पनि दुई महिनादेखि बन्द छन् । इमेजखबरमा समाचार छ ।