सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत् मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहिन

सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत् मधेसी मोर्चाबीच आजको भएको वार्तामा कुनै सहमती हुन सकेन । 
भारत भ्रमणबाट मधेसी मोर्चाका शीर्ष नेता स्वेदश फर्किएसँगै त्रिपक्षीय वार्ता भएको हो ।  
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (विहीबार) दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकार, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मोर्चाका नेताहरुबीच वार्ता हुन लागेको आफ्नो ट्वीटमार्फत् जानकारी दिएका थिए ।
यसअघि, प्रधानमन्त्रीले बोलाएको त्रिपक्षीय वार्तामा सहभागी नभइ मोर्चाका नेताहरु काठमाडौंस्थित भारतीय दूतावास पुगेका थिए । त्यसपछि गत आइतबार मोर्चाका नेताहरु नयाँदिल्ली लागेका थिए । इमेजखबरमा समाचार छ ।