सरकार र अान्दोलनरत मधेसी मोर्चाबीचको वार्ता फेरि निष्कर्षविहिन

सरकार र अान्दोलनरत मधेसी मोर्चाबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  भएको वार्ता विषयमाप्रवेश   नै  नगरी नै सकिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए।  विषय नै प्रवेश नगरी वार्ता टुंग्याउने क्रमले अाज पनि निरन्तरता पायो  यादवले भने। 
वार्तामा सहभागी उपप्रधान मन्त्री विजयकुमार गच्छदारले पुननिर्माण सम्बन्धी विधेयकमा सबै दल सहमत भएको बताए। ‘संविधान संशोधन विधेयकमा प्याकेजमा सहमति हुनुपर्ने मोर्चाको मागका कारण कुरा मिल्न नसकेको हो’ गच्छदारले भने। 
कानुन मन्त्री अग्नी खरेलले पुननिर्माण विधेयकमात्र संसदमा लिए कांग्रेसले नमान्ने संशोधन विधेयक पनि लिए मोर्चाले नमान्ने भएकाले कुरा मिल्न नसकेको बताए। उनले भने ‘हामी राजनीितक सहमतिका लागि प्रयास गरिरहेका छौं।
यसैबीच मधेसी मोर्चाले सरकारले पुनर्निर्माण विधेयकसँगै संविधान संशोधन विधेयक पनि संसदमा पेस गर्न खोजे अाजको संसद बैठक अवरूद्ध पार्ने बताएको छ। पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक ल्याए अाजको संसद बैठक चल्न दिन्नौं यादवले भने हाम्रो मुख्य माग प्रदेशको सीमाकंनमा तीन दल सहमत नभएसम्म संशोधन विधेयकको कुनै अर्थ छैन। सेतोपाटीमा समाचार छ ।