प्रधानमन्त्री केपी ओलीद्धारा प्रमुख प्रतिपक्षी दल कांग्रेसले असहयोग गरे सरकार आफ्नै तालमा अगाडि बढ्ने स्पस्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहयोग गरे सरकार आफ्नै तालमा अगाडि बढ्ने बताएका छन् ।
नेकपा एमाले काभ्रेको नवौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गैरजिम्मेवार बन्न थालेको भन्दै उसलाई अब धेरै समय कुरेर बस्न नसक्ने स्पस्ट पारे ।
उनले कांग्रेसले असहयोग जारी राखे सरकार आफ्नै गतिमा अघि बढ्ने र अवरुद्ध संसद पनि खुलाउने दाबी गरे ।
पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक संसदबाट पास भएपछि संविधान संशोधनको प्रक्रिया पनि सुरु हुने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले संविधानका बारेमा तराईका जनतामा परेको भ्रम चिर्न सरकारले अभियान सुरु गरिसकेको पनि बताए ।
उनले सरकारले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राखेको भन्दै हावा र सोलारबाट बिजुली निकालेर भएपनि एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । – इमेजखबरमा समाचार छ ।