पोखराको आकाशमा प्याराग्लाइडिङ उडाउन रोक

प्याराग्लाईडिङ पाइलटहरुले उडान अनुमति शुल्क नतिरेको भन्दै नागरिक उड्डयन प्राधिकरणले पोखराको आकाशमा प्याराग्लाइडिङ उडाउन रोक लगाएको छ ।
प्राधिरकणको अवरोधले उड्ने तयारीसाथ आज बिहान सराङकोट पुगेका पर्यटक उड्नै नपाइ फर्किएका थिए ।
पाइलटले क्यानलाई प्रतिमहिना ९ हजार ४० रुपैयाँ शुल्क बुझाउनु पर्छ । त्यही शुल्क नतिरेको भन्दै प्राधिकरणले अवरोध गरेको नेपाल हवाई खेलकुद संस्थाका महासचिव बसन्त दवाडीले बताए ।
प्राधिकरणका अनुसार अहिलेसम्म पोखराका १०६ जना पाइलटले लाइसेन्स पाएका छन् । करिब ५० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले पोखरामा उडान गर्दै आएका छन् ।
सरकारले गत भदौमा प्याराग्लाइडिङ पाइलटलाई पहिलो पटक अस्थायी लाइसेन्स दिएको थियो । प्याराग्लाइडिङ पाइलटहरुले शुल्क महँगो भएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । इमेजखबरमा समाचार छ ।