भारतले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि

भारतीय वन विभागले दक्षिण भेगको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको पुष्टि भएको छ । शनिबार अबेर बाँध निर्माणस्थल पुगेको प्रजिअ मनोहरप्रसाद अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ ।
नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिकपुर जिल्लास्थित क्यामा वन चौकीका कर्मचारीले दुई मिटर दशगजा मिचेर बाँध बनाएका हुन् ।
पुनर्बास नगरपालिका