नयाँ संविधान जारी भएपछि संसद सन्चालनका लागि नयाँ नियमावली बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
रुपान्तरित संसदको नियमावली निर्माण समितिले परिवर्तित अवस्थाअनुरुप नियमावलीलाई अन्तिम रुप दिँदै छ ।
समितिअन्तर्गतको उपसमितिले विगतको नियमावलीबाट हटाउनुपर्ने र थप्नुपर्ने विषयहरुको टुंगो लगाउदै नयाँ नियमावलीको खाका तयार पार्दैछ ।
संसदको क्षमता अभिवृद्धि, समितिका कामहरु, थप्नुपर्ने समितिको बारेमा अन्तिम टुंगो लगाइने एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए ।
समितिले आगामी पुस ५ गते नियमावली तयार पारेर सभामुख ओनसरी घर्तीलाई बुझाउने तयारी गरेको छ । इमेजखबरमा समाचार छ ।