संघीय लिम्बुवान पार्टीको असन्तुष्ट पक्षले पूर्वी नेपालका ९ जिल्लामा आह्वान गरेको अनिश्चितकालीन चक्काजाम फिर्ता लिएको छ ।
झापा, मोरङ र सुनसरीलाई प्रदेश नम्बर-१ बाट छुट्याउन नहुने र अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान घोषणाको माग गर्दै लिम्बुवान आन्दोलन उच्चस्तरीय समितिले आइतबारदेखि अनिश्चितकालीन चक्काजाम आवह्वान गरेको थियो ।
नाकाबन्दी र तराई बन्दले सर्वसाधारणमा परेको मारलाई मध्यनजर गर्दै चक्काजाम फिर्ता लिइ आन्दोलनलाई परिमार्जन गरिएको संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवालयले बताएको छ ।
बन्द फिर्ता भएसँगै सवारी सन्चालन हुन थालेको छ । इमेजखबरमा समाचार छ ।