इटहरीको इँटा भट्टामा आगो ब्लक भइ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु, दर्जनौ घाइते

सुनसरीको इटहरी उपमहानगरपालिका-१२ एकम्बास्थित न्यू जयनेपाल इँटा भट्टामा सोमबार साँझ आगो ‘ब्लक’ भइ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा अरु ४० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमध्ये ३ जनाको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेमा भारत बिहार घर भएका मिथिलेश यादव, इटहरी-२० का शिवनारायण चौधरी र इटहरी-१६ का भगलीदेवी चौधरी रहेको जनाइएको छ ।
घाइतेमध्ये गम्भीर रहेका केहिको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चिरन्जीवी कोइरालाले जानकारी दिए । इमेजखबरमा समाचार छ ।