नेपाली कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण विधेयक सँगै अगाडि बढाउनु पर्ने अडान दोहोर्याएको छ । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बसेको कांग्रेस पदाधिकारी बैठकले दुईवटै विधेयक एउटै कार्यसूचिबाट अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।
पुनर्निर्माण प्राधिकरण विधेयकमात्र अगाडि बढाउने निर्णयले सत्तारुढ दलहरु संविधान संशोधनप्रति सकारात्मक नभएको पुष्टि भएको निष्कर्ष पनि कांग्रेस नेताहरुले निकालेका छन् ।
आफ्नो पार्टी भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयकको विरोधी नभएको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि संचारकर्मीहरुलाई जनाए ।
बैठकले संविधान संशोधन विधेयकको बिषयमा अरु दलसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकमा पार्टी सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायत सहभागी थिए । इमेजखबरमा समाचार छ ।