काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो दिन भएको छ ।
जाडो महिना शुरु भएसँगै ओरालो लाग्न थालेको पारो गएराति सबैभन्दा कम अर्थात् ३.४ डिग्री सेल्सियसमा झरेको हो ।
आज बिहान काठमाडौंको आकाश हुस्सूले ढाकिँदा राजधानीवासीले निकै नै चिसो महशूस गरेका छन् ।
यद्यपि, काठमाडौंमा आज मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान ३.४ डिग्री सेल्सियस तापक्रम रहेको काठमाडौंमा दिउँसो भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ ।
आज देशभरको मौसम सामान्यतः सफा रहे पनि उच्च पहाड र हिमालका केही क्षेत्रमा भने बदली हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इमेजखबरमा समाचार छ ।