भूकम्पपीडितका लागि दुई लाख रुपैयाँ दिने भनिएकोमा अब सामूहिक जमानीमा तीन लाख रुपैयाँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडितका लागि सरकारले दुई लाख रुपैयाँ दिने भनिएकोमा अब सामूहिक जमानीमा तीन लाख रुपैयाँ दिने बताएका छन् ।
नेकपा एमाले रसुवाको सातौं अधिवेशनको बुधबार सदरमुकाम धुन्चेमा उद्घाट्न गर्दै उनले अहिलेको अवस्थामा भूकम्पपछिको पुनःनिर्माणका लागि सबै दल र पक्षहरु एकजुट हुनुपर्ने बताए ।
केरुङ नाकाबाट निकासी-पैठारीको काम सुरु भइसकको भन्दै उनले दुई वर्षभित्र केरुङ-बेत्रावती-गल्छी सडकलाई दुई लेनको पक्की बनाउने प्रक्रिया  पनि सुरु भइसकेको बताए ।
देशलाई एक वर्षभित्र लोडसेडिङमुक्त गर्ने दोहोर्‍याउँदै उनले  सबै मिलेर अघि बढ्नुको विकल्प छैन- भने ।
प्रधानमन्त्री ओलीले बुधबारै रसुवाको लाङटाङमा भूकम्पमा परी मृत्यु भएकाका परिवारजन र विस्थापितहरुसँग भेटघाट पनि गरे ।
साथै, प्रधानमन्त्री ओलीले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई भूकम्प प्रभावितहरुलाई आवश्यक राहत तत्काल दिन निर्देशन दिए । इमेजखबरमा समाचार छ ।