मधेसी मोर्चाको आन्दोलनका कारण तराईका जिल्लामा लक्ष्यअनुसारको राजश्व संकलनमा समस्या

मधेसी मोर्चाको आन्दोलनका कारण तराईका जिल्लामा लक्ष्यअनुसारको राजश्व संकलनमा समस्या भएको छ । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले तीन महिना यता राजश्व संकलन गर्न सकेको छैन । 
मूल भन्सार जलेश्वर तथा छोटी भन्सारहरु मटिहानी र समसीलगायतका ठाउँमा राजश्व संकलन प्रभावित बनेको हो । भन्सारबाट सदरमुकाम जलेश्वरसम्म मोटरसाइकल तथा चारचक्के सवारीसाधन छुट पूर्जीमा आउने प्रावधान छ ।
त्यसबाहेक अन्य सम्पूर्ण सवारीसाधन तथा मालसामान आयात निर्यात गर्दा भन्सार राजश्व तिर्नुपर्ने प्रावधान छ । दैनिक २० लाख रुपैयाँ राजश्व संकलन हुने गरेको महोत्तरीस्थित भन्सारमा अहिले सुरक्षाकर्मीबाहेक कर्मचारी भेट्न ग्राहो छ ।
जलेश्वर मुख्य नाकाबाटै जनकपुरसम्मको लागि पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको थियो । इमेजखबर समाचार छ ।