अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
अख्तियारले महानिरीक्षक वन्तलाई निलम्बन गर्न सिफारिस गरी गृह मन्त्रालयमा पत्र पठाएको हो ।
अख्तियार स्रोतका अनुसार सशस्त्र प्रहरीका लागि सामान खरिद र ढुवानीमा अनियमितता गरेको पाइएपछि वन्तलाई निलम्बन गर्न सिफारिस गरिएको हो । इमेजखबर समाचार छ ।