छिमेकी देश भारतलाई गाली गरेर देशभक्ति र राष्ट्रियताको कुरा गर्नेहरुबाट देश सम्बृद्ध नहुने बाबुराम भट्टराईको टिप्पणी

नयाँ शक्ति गठन अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले छिमेकी देश भारतलाई गाली गरेर देशभक्ति र राष्ट्रियताको कुरा गर्नेहरुबाट देश सम्बृद्ध नहुने टिप्पणी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले चर्को राष्ट्रियताको कुरा गर्नेहरुबाट देशको हित नहुने बताएका हुन । 
भारतीय नाकाबन्दी आर्थिक परनिर्भरताको उपज भएको जिकिर गर्दै उनले चीनसँग पनि ब्यापारिक सम्झौता गर्नुपर्ने बताए । इमेजखबरमा समाचार छ ।