जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति भण्डारीमाथि भएको दुर्व्यवहारको घटना छानविन गर्न समिति गठन

गृह मन्त्रालयले जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुर्व्यवहारको घटना छानविन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान अधिकृत यदुनाथ खरेल सदस्य छन् ।
समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
विवाह पञ्चमी महोत्सवका अवसरमा राष्ट्रपति भण्डारी जनकपुर गएका बेला आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले उनीमाथि पेट्रोल बम र ढुंगामुढा प्रहार गरेका थिए ।
त्यसैगरी मोर्चाका कार्यकर्ताले एकल महिला मन्दिर प्रवेश गरेको भन्दै मन्दिर परिसरमा गंगाजल छर्किएका थिए । इमेजखबरमा समाचार छ ।