प्रधानमन्त्री केपी ओलीद्धारा मुलुकको हित विपरित हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हित विपरित हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने दोहोर्‍याएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार समस्या बल्झाईराख्ने पक्षमा नरहेको बताए ।
प्रधानमन्त्री ओलीले आफ्ना माग शान्तिपूर्ण तरिकाले राख्न सकिने भन्दै उनले नाकाबन्दी गर्ने र औषधिसमेत रोकेर कोही पनि बहादुर हुन नसक्ने बताए । सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको उनको भनाई थियो ।
प्रधानमन्त्री ओली इटहरीमा पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा विराटनगर आएका हुन् । इमेजखबरमा समाचार छ ।