जुम्लामा अत्याधिक चिसो बढेसँगै जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजारमा सर्वसाधारणको चहलपहल निकै पातलिएको छ ।
चिसो बढ्दै गएसँगै अहिले ठाउँ ठाउँमा आगो बालेर ताप्नेको जमात बढेको छ । जुम्लाको तापक्रम माइनस १० डिग्रीसम्म रहेको छ । चिसोका कारण बाटोमा बरफ जमेको देखिन्छ भने धारामा पनि तातोपानी हालेपछि मात्रै पानी आउने स्थानीय बताउँछन् ।
अत्याधिक चिसोका कारण विहान ८ बजेभन्दा अघि मानिस घर बाहिर निस्कन सकेका छैनन् । अत्याधिक चिसोका कारण दैनिक सरकारी कामकाज समेत प्रभावित हुने गरेको छ । इमेजखबरमा समाचार छ ।