कांग्रेसद्धारा मोर्चाको सहमति जुटाएर मात्र संसद्मा पेश भएको संशोधन विधेयक अगाडि बढाउनुपर्ने निर्णय

नेपाली कांग्रेसले मधेसी मोर्चाको सहमति जुटाएर मात्र संसद्मा पेश भएको संविधान संशोधन विधेयक अगाडि बढाउनुपर्ने निर्णय गरेको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान संशोधन विधेयकमाथि मधेसी मोर्चालाई सहमत गराउन पहल गर्ने निर्णय पनि गरेको छ ।
विधेयकमा आवश्यक परिमार्जन गर्नु परे त्यसका लागि कांग्रेस बाधक नबन्ने निर्णय बैठकले गरेको छ । बैठकपछि नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विधेयक पारित गर्न केही ढिला गरेर भए पनि मधेसी मोर्चालाई सहमतिमा लिएर जानुपर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकमा पार्टीको १३ औं महाधिवेशनको तयारी र समसामयिक राजनीतिक परिस्थितिका बिषयमा पनि छलफल भएको थियो । इमेजखबरमा समाचार छ ।