प्रधानमन्त्री केपी शर्मा ओलीले साना दलहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले सपथ लिएका छन् ।
नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेम बहादुर सिंह मन्त्री बनेका छन् ।
यसैगरी राप्रपाबाट दीपक बोहोराले श्रम मन्त्रालयको जिम्मेवारी सम्होल्नेछन् । अरु मन्त्रीहरुको मन्त्रालय भने टुंगो लागेको छैन ।
सरकारले दुई मन्त्रालय फुटाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले दलहरुलाई भागवण्डा मिलाउन दुई मन्त्रालय फुटाइएको हो ।
स्वाथ्य तथा जनसंख्याबाट जनसंख्या झिकिएको छ भने विज्ञान प्रविधि तथा वातावरणबाट वातावरण झिकेर जनसंख्या तथा वातावरण मन्त्रालय बनाइएको छ ।
सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाइ तथा खोनपनी मन्त्रालय बनाइएको छ । अन्लाईनखबरमा समाचार छ ।