व्यवस्थापिका-संसदको सोमबारको बैठकमा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको छ ।
छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद केशव बडालले तराई-मधेस आन्दोलनको मागलाई सम्बोधन गर्न विधेयक ल्याइएको बताए ।
यसअघि, सभामुख ओनसरी घर्तीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गरेकी थिइन् । रासस