प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै पनि समूहको पक्षधरता नलिने बताएका छन् ।
केही मानिसहरुले कसैको पक्षको वा कसैको विपक्षको भनेर प्रचार गर्नुमा कुनै तुक नरहेको ओलीले स्पष्ट पारे । म कुनै क्षेत्रयि, जातीय वा धार्मिक पार्टीको नेता होइन, राष्ट्रिय पाटीको अध्यक्ष हुा, बालुवाटारमा रिपोर्टर्स क्लवको ज्ञापन पत्र लिएपछि प्रधानमन्त्रीले भने, मलाई कुनै भूगोल, जाति वा धर्मको पक्ष लिइरहनु आवश्यक हुँदैन । मेरा लागि सबै समान हुन् ।
संसद, देश र जनताका पक्षमा काम गर्ने थलो भएकोले यसलाई धेरै दिन अवरुद्ध गर्न नमिल्ने ओलीले बताए ।
प्रधानमन्त्री ओलीले मधेस समस्याको समाधान अन्तिम विन्दुमा पुगेको बताए । ओलीले समस्या समाधानका लागि सबै पक्ष लचिलो भएर भएर प्रस्तुत भए एक दुई दिन भित्रै समस्याको समाधान हुने बताए ।
बिहान प्रमुख तीन दलबीच भएको वार्तामा पनि मधेसको समस्या समस्या सामाधान गर्नका लागि साझा धारणा बनाउने बिषयमा लामो छलफल भएको बताउँदै ओलीले अहिलेको असहज परिस्थिति अब लामो नरहने दाबी गरे । ईकान्तिपुरमा समाचार छ ।