अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय धनकुटाले जिल्ला प्रशासन कार्यालय पाँचथरमा आज दिउँसो छापा मारेको छ ।
केहीदिन अघि राहदानी सिफारिसका लागि पाँचथर रानीटारका अञ्जित दर्जीबाट प्रशासनका कर्मचारी सुरेन्द्र दाहालले १० हजार रुपैयाँ लिएर ५ हजार रुपैयाँको रसिद दिएको भन्दै अख्तियारले कार्यालयमा छापा मारेको हो ।
अख्तियारले कार्यालयका सबै कागजतहरु हेरिरहेको र आवश्यक कागजतहरु लगेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिए ।
यसैबीच कार्यालयका कर्मचारी सुरेन्द्र दाहालले भने टोलीले स्पष्टिकरण मागेकोले लिखित स्पष्टिकरण आफूले दिएको बताए । इमेजखबरमा समाचार छ ।