भारतीय राजदूतद्धारा मधेसी दलहरुसँग सरकारले छिटोभन्दा छिटो सहमति गरेर निकास दिनुपर्नेमा जोड

भारतीय राजदूत रणजित रायले सीमा क्षेत्रमा आन्दोलनरत् मधेस केन्द्रित दलहरुसँग नेपाल सरकारले छिटोभन्दा छिटो सहमति गरेर निकास दिनुपर्नेमा जोड दिएका छन् ।
रिपोटर्स् क्लबले बुधबार भारतीय राजदूतावासमा राजदूत रायलाई भेटेर ज्ञापनपत्र बुझाउनेक्रममा उनले मधेसी दलहरुको आन्दोलनलाई राजनीतिक तहबाटै समाधान गर्नुपर्ने बताए ।
 मधेसी दलहरुको आन्दोलनले उत्पन्न गरेको संकटले नेपालमा भारतविरोधी भावना तीव्र हुँदै गएको भन्दै राजदूत रायले यस्तो अवस्था दुबै देशको हितमा नहुने बताए ।
सीमा क्षेत्रमा भइरहेको इन्धन तस्करीले दुबै देशमा ठूलो समस्या ल्याउन सक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।
रिपोटर्स् क्लबले सीमामा देखिएको अवरोध हटाइ दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन पहल गर्न माग गर्दै राजदूत रायलाई ज्ञापनपत्र बुझाएको हो । इमेजखबरमा समाचार छ ।