प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली-नेपालीबीच विभाजन ल्याउने प्रयासलाई असफल पारेरै छाड्ने बताएका छन् ।
विहीबार गृहजिल्ला झापामा दमक बहुमुखी क्याम्पसको ३५औं वार्षिकोत्सव समाारोहलाई सम्बोधन गर्दै उनले जातीय सद्भाव भड्काउने प्रयत्न भइरहेको भन्दै त्यसप्रति सचेत हुन आग्रह गरे ।
अहिलेको संविधान उत्कृष्ट भएको र कतिपय चित्त नबुझेका विषयमा वार्ताबाट समाधान खोज्न सकिने उनको भनाइ थियो ।
विहीबारै झापामा एमालेको अञ्चलस्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले जनसंख्यालाई मात्रै आधार मानेर निर्वाचन क्षेत्र बनाउनु उपयुक्त नहुने बताए ।
प्रधानमन्त्री ओली विहीबार बिहान झापाको दमकमा गरिएको राष्ट्रिय सरसरफाइ अभियानमा सहभागी भए । लगत्तै दमकमा उनले आकासेपुलको शिलान्यास गरेका थिए ।
यस्तै, प्रधानमन्त्रीले विहीबारै झापाको धरमपुर र पाँचगाछी जोड्ने पुलको पनि उद्घाटन पनि गरे । – इमेजखबरमा समाचार छ ।