एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार गठन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
विहीबार आफ्नै निवास कोटेश्वरमा रिपोटर्स् क्लबको ज्ञापनपत्र बुझ्दै नेपालले नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चासहितको संयुक्त सरकार बनाउनुपर्ने बताए ।
आर्थिक विकासमा मुलुक धेरै पछाडि परेको भन्दै उनले अब आश्वासन र भाषणमात्र हैन परिणाम आउने गरी काम गर्नुपर्ने बताए ।
मधेसी दलले गरेको आन्दोलनका कारण मधेसी जनता ठूलो कस्टमा परेको भन्दै नेपालले मधेसी दलहरुले मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाए ।
मधेसी दलका माग सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो । – इमेजखबरमा समाचार छ ।