६ राज्यमन्त्रीले कार्यभार र सपथ लिए

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ राज्यमन्त्रीको कार्यभार तोक्नाका साथै उनीहरुलाई सपथ खुवाएका छन् ।
यही पुस ९ गते नियुक्त भएका राज्यमन्त्री दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा सपथ खुवाइएको हो । उनीहरु सबै नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन् ।
यादवलाई खानेपानी तथा सरसफाइ, भण्डारीलाई अर्थ, महतलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मगरलाई पशु विकास, चौधरीलाई सहरी विकास र साहलाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
पटक