अब दैनिक १३ घण्टा बत्ती नहुने, सातामा ८४ घण्टा लोडसेडिङ

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हप्ताको ९ घण्टा बढाएको छ । अब दैनिक १३ घण्टा बत्ती नहुने भएकाे छ ।
सातामा ७७ घण्टा हुँदै आएको लोडसेडिङ सोमबारदेखि ८४ घण्टा हुने भएको छ । सुख्खायाममा नदीको जलस्तर घट्ने भएकाले लोडसेडिङको समय बढ्ने गरेको छ ।
प्राधिकरणले आइतबार नै सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब खाना पकाउने समयमा तीन दिनमात्रै बत्ती आउनेछ । उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी गरे पनि व्यवहारमा प्रयोग भएन । ईकान्तिपुरमा समाचार छ ।