अदालतले खाने तेलमा कालोबजारी गरेको आरोपमा दुगड ग्रुपका सञ्चालकलाई पक्राउ गर्ने आदेश दिएको छ । सो आरोपमा पक्राउ परेका कोटेश्वर गोदामका प्रमोद अधिकारी र अमन जैनलाई अदालतले पुर्पक्षलाई थुनामा पठाएको छ ।
काठमाडौ जिल्ला अदालतले फरार रहेका दुगड गु्रपमा सञ्चालकहरु कृष्णलाल दुगड, नरेश दुगड, विकास दुगड, कुमोद दुगडलाई पक्राउ गर्न आदेश दिएको छ ।
अदालतको आदेशसँगै अब दुगड गु्रपका सञ्चालकहरुलाई जसरी भए पनि पक्राउ गर्ने प्रहरीले बताएको छ ।
मंसिर २७ गते काठमाडौं प्रहरी परिसरको विषेश टोलीले खाने तलेमा कालोबजारी गरेको भन्दै कोटेश्वरस्थित गोदाममा छापा मारेर करिब ३ लाख लिटर खाने तल बरामद गरेको थियो । पुरानो स्टक तेलमा महंगो मूल्य राखेर वेचेको भन्दै प्रहरीले छापा मारेपछि सञ्चालकहरु फरार छन् । रिपोर्टरस नेपालमा समाचार छ ।