अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा घोटाला गरेको आरोपमा सहरी विकास मन्त्रालयका तत्कालीन सचिवसहित पाँचजनालाई कारबाही गर्न सिफारिस गरेको छ ।
अख्तियारले सहरी विकास मन्त्रालयका तत्कालीन सचिव अर्जुनकुमार कार्की, सहसचिव बासुदेव गुरागाइँ, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शम्भु केसी, सीडीइ निलमकुमार दंगाल र प्रमुख लेखा नियन्त्रक नारायण निरौलालाई विभागीय कारबाहीका लागि सरकारलाई सिफारिस गरेको हो ।
अख्तियारले उनीहरुलाई कारबाही गर्न दोस्रोपटक सिफारिस गरेको हो । इमेजखबरमा समाचार छ ।