जनकपुरमा बजार बन्द गराउँदै हिँडेका मोर्चाका कार्यकर्तालाई स्थानीय व्यापारीहरुले लखेटे
पौष २३ गते, २०७२ मा प्रकाशित
जनकपुरमा बजार बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका कार्यकर्तालाई विहीबार स्थानीय व्यापारीहरुले लखेटेका छन् ।
मोर्चाका कार्यकर्ताले पसलहरुमा तोडफोड गर्न थालेपछि आक्रोशित बनेका व्यापारीहरुले आन्दोलनकारीलाई लखेटेका हुन् ।
व्यापारीहरुले मोर्चाका धनुषा संयोजक तथा सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजयकुमार सिंह र तराई मधेस सद्भावना पार्टीका धनुषा अध्यक्ष रुपनारायण मण्डलको मोटरसाइकल पनि जलाइदिएका छन् ।
त्यसक्रममा मोर्चाका केही नेता तथा कार्यकर्ता व्यापारीहरुबाट कुटिएका छन् ।
मोर्चाका कार्यकर्ता धर्मेन्द्र साहले भने नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले आन्दोलनकारीमाथि हातपात गरेको आरोप लगाएका छन् ।
आन्दोलनकारीहरुविरुद्ध स्थानीय व्यापारीहरु उत्रिएपछि जनकपुरमा केही समय तनाव उत्पन्न भएको थियो । – इमेजखबरमा समाचार छ ।