प्रधानमन्त्री केपी ओलीद्धारा केही मान्छेले देशको अन्न-पानी खाएर मुलुकमाथि नै बेइमानी गरेको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेले देशको अन्न-पानी खाएर मुलुकमाथि नै बेइमानी गरेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी संगठनका प्रतिनिधिहरुसँग बिहीबार आफ्नै सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले खोक्रो देशभक्ति देखाएर मुलुकको ब्रह्मलुट गर्नेहरुका दिन अब सकिएको बताए ।
उनले खोक्रो देशभक्तिका पछि नलाग्न पनि सबैसँग आग्रह गरे । खोक्रो राष्ट्रवाद देखाएर मुलक भाँड्न खोज्नेहरु आफैं पाखा लाग्ने उनको भनाइ थियो । 
प्रधानमन्त्री ओलीले देशको माया गर्न कुनै प्रमाणपत्रको आवश्यकता नपर्ने भन्दै आफू सच्चा राष्ट्रवादी भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले मुलुक निर्माण, लोकतन्त्र स्थापना र जनताको सेवामा निजामती कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहरको भन्दै निष्पक्ष भएर जनताको सेवामा जुट्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले आफ्नो कर्तव्यप्रति सचेत रहन पनि सुझाव दिए । त्यस क्रममा कर्मचारीका प्रतिनिधिहरुले निजामती सेवालाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । उनीहरुले सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । – इमेजखबरमा समाचार छ ।