बिरामीको मृत्युपछि विराटनगरस्थित विराट शिक्षण अस्पताल तनावग्रस्त

सुनसरी, बक्लौरीका सरोज खड्काको मृत्युको विषयलाई लिएर विराटनगरस्थित विराट शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।
चिकित्सकको लापरबाहीले खड्काको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा ढुंगामुढा गर्न थालेपछि अस्पताल क्षेत्र विहीबार तनावग्रस्त बनेको हो । ढुंगामुढाबाट अस्पतालमा समान्य क्षतिसमेत पुगेको छ ।
मृतकका आफन्त र स्थानीयले प्रदर्शनलाई उग्र बनाएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
सुनसरी, बक्लौरीका १६ वर्षीय खड्काको हातको शल्याक्रिया गर्दा बुधबार राति उनको मृत्यु भएको थियो । खड्काको मुत्यु भएपछि घटनामा संलग्न चिकित्सकलाई कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै दिनभर अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
यसैबीच, प्रहरीले विहीबार सरोज खड्काको मृत्युको घटनाकाबारेमा अनुसन्धान गर्न भन्दै शल्यक्रियामा संलग्न डा. मिथलेस गुप्तासहित पाँचजना चिकित्सकको टोलीलाई नियन्त्रणमा लिएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए । – इमेजखबरमा समाचार छ ।