तराई-मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले सरकारले आफ्ना माग पूरा गर्न नचाहेको भन्दै शनिबार नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले आन्दोलनका मुद्दालाई सम्बोधन गर्न नचाहेको निष्कर्षसहित मोर्चाले आन्दोलनलाई सशक्तरुपमा अघि बढाउने निर्णय गरेको हो ।
सरकार नाटकीयरुपमा वार्तामा बसेको आरोप लगाउँदै मोर्चाले संविधान संशोधन विधेयक मान्य नहुने बताएको छ ।
सरकार मोर्चाका मागप्रति सकारात्मक नदेखिएको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए ।
मोर्चाले सीमांकनका विषयमा सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको ठहर गरेको छ ।
मोर्चाले विज्ञप्ति जारी गर्दै पुस २८ गतेदेखि माघ ७ गतेसम्मका लागि नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।
सीमानाकामा जारी अवरोधको निरन्तरतासहित मोर्चाले जुलुस प्रदर्शनलगायतका कार्यक्रम सन्चालन गर्ने जनाएको छ । इमेजखबरमा समाचार छ ।