बाढीबाट घरवारविहीन भएका बर्दियाका बाढीपीडित अझै खुला आकास मुनी रात बिताउन वाध्य

गतवर्ष साउनको अन्तिम साता बबई नदीमा आएको बाढीबाट घरवारविहीन भएका बर्दियाका बाढीपीडित अझै खुला आकास मुनी रात बिताउन वाध्य भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले भवन डिभिजन कार्यालय नेपालगन्जलाई पुनस्र्थापनको जिम्मा दिए पनि गृह मन्त्रालयले समयमै बजेट निकासा नगर्दा बर्दियाका बाढी पीडितहरु घर न घाटको भएका छन् ।
उनीहरु लामो समयदेखि गुलरिया नगरपालिकाको रामपुर टप्पर, बाँसगढी नगरपालिकाको चेपाङ र बनियाभार गाविसमा अस्थायी टहरामा वस्दै आएका छन् ।
१ सय ६२ घर परिवार बाढी पीडितको १७ महिना वितिसक्दा पनि सरकारले पुनस्र्थापन गर्न नसक्दा उनीहरु नराम्ररी प्रभावित बनेका छन् । पीडितहरुले सरकारी आश्वासन मात्र पाउँदै आएका छन् ।
तर उनीहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गैरहेको छ । प्रारम्भिक राहतका रुपमा पाएको त्रिपालसमेत फाटेपछि आफूले लगाएको धोती बेरेरै रात बिताउनु परेको उनीहरुको गुनासो छ । इमेजखबरमा समाचार छ ।