पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिद्धारा सांगठनिक संरचना र प्रशासनिक बजेट पारित

पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिले सांगठनिक संरचना र प्रशासनिक बजेट पारित गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको प्राधिकरणको बैठकले २९ करोड रुपैयाँको प्रशासनिक बजेट पारित गरेको हो ।
यस्तै, बैठकले प्राधिकरणको केन्द्रीय कार्यालय काठमाडौंमा र विभिन्न स्थानमा क्षेत्रीय कार्यलयहरु राख्ने निर्णयसमेत गरेको छ ।
 
बैठकले माघ २ गते काठमाडौंबाट पुनःनिर्माण महाअभियान सुरु गर्ने निर्णय गर्दै सो दिन राष्ट्रपतिले रानीपोखरी र प्रधानमन्त्रीले बुङ्मतिबाट पुनःनिर्माणको काम थाल्ने कार्यक्रम तय गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्ति बस्नेत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत सहभागी थिए । – इमेजखबरमा समाचार छ ।