झापा, मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्रिन नदिने उपप्रधानमन्त्री विजयकुमार गच्छदारको दाबी

उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदारले प्रदेश सीमांकनको टुंगो लगाउन आयोग गठन जरुरी नभएको बताएका छन् ।
सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गच्छदारले राजनीतिक सहमतिमा प्रदेश सीमांकनको टुंगो लगाउन सकिने बताए ।
सीमांकनको टुंगो लगाउने कुरा राजनीतिक समस्या भएकाले राजनीतिकरुपमै समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
उनले झापा, मोरङ र सुनसरीलाई कुनैपनि हालतमा टुक्रिन नदिने दाबी समेत गरे ।

१ नम्बर प्रदेशको राजधानी विराटनगर नै हुने दाबी गर्दै मन्त्री गच्छदारले सप्तरी, सिराहा र सर्लाहीका केही भागलाई १ नम्बर प्रदेशमा गाभ्न सकिने बताए । – इमेजखबरमा समाचार छ ।