धनुषाको मिथिलेश्वर मौवाहीस्थित मिथिलेश्वर माविमा विवाद बढेपछि विद्यार्थीले दुईओटा मोटरसाइकल जलाइदिए

धनुषाको मिथिलेश्वर मौवाहीस्थित मिथिलेश्वर माविमा प्रध्यानाध्यापकसँग विवाद बढेपछि विद्यार्थीले दुईओटा मोटरसाइकल जलाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रध्यानाध्यापकलाई हटाउनुपर्ने माग गर्दै विद्यार्थी विरोधमा उत्रेपछि तनाव सिर्जना भएको थियो ।
प्रध्यानाध्यापक लष्मेश्वर मण्डलले विद्यालयको हिनामिना गरेको भन्दै विद्यार्थी विरोधमा उत्रेको बताइएको छ ।
विज्ञान, सामाजिकसहितको विषयका शिक्षकलाई हटाएर योग्य शिक्षकलाई ल्याउनुपर्ने माग पनि विद्यार्थीको थियो । विरोध प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले लाठी प्रहार गरेको थियो ।
विद्यार्थीबाट भएको ढुंगा प्रहारबाट दुईजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।
विद्यालयमा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठकमा प्रहरी आएको देखेपछि विद्यार्थी आक्रोशित भएको बताइएको छ । रासस